११ तस्बिरमा हेर्नुहोस्, फेवामा हुने ‘ड्रागन बोट रेस’को तयारी

पाेखरा | पुस १०, २०८१

११ तस्बिरमा हेर्नुहोस्, फेवामा हुने ‘ड्रागन बोट रेस’को तयारी

पोखराको फेवातालमा यही १३ देखि १५ (डिसेम्बर २८–३०) सम्म हुने दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।  

 

नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिताका टेक्निकल टिम कोडिनेटर निमबहादुर मगरले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

 

अहिले मगर  नेतृत्वको टोली फेवातालमा प्रतियोगिताको अन्तिम तयारीका लागि जुटिरहेको छ ।

 

 उनले भोलि बेलुकीसम्म सबै तयारी पूरा हुने बताए । 

 

 

उक्त प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहने छ ।

 

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद रु.५ हजार डलर (नेपाली करिब ६ लाख  ७९ हजार रुपैयाँ), उपविजेताले नगद रु.२ हजार डलर (नेपाली करिब २ लाख ७१ हजार रुपैयाँ), तृतीय हुनेले नगद रु.१ हजार २ सय डलर (नेपाली करिब १ लाख ६३ हजार रुपैयाँ) र प्रतियोगितामा सहभागी बाँकी १७ वटा समूहलाई नगद रु(५ सय डलर (नेपाली करिब ६८ हजार रुपैयाँ) पुरस्कार पाउनेछन् ।

 

 

 

थप तस्बिरहरु:- 

 

 

 

 

 

 

 

 

 

 


 

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्